थप १ हजार ६७७ जनामा कोरोना संक्रमण, २१ जनाको मृत्यु

डिसी नेपाल
२२ भदौ २०७८ १६:३४
100
Shares

काठमाडौं । गत २४ घण्टामा नेपालमा १५ हजार ३४ जनाको परीक्षण गर्दा १ हजार ६७७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा २ हजार ७२ जना निको भएर घर फर्केका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ११ हजार १११ पीसीआर परीक्षण गर्दा १ हजार ४२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ३ हजार ९२३ परीक्षण गर्दा २५४ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

गएको २४ घण्टामा २१ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार मंगलबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ८७९ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ३०३ जना रहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *