व्यवसायी रुक्म शमशेर राणाको निधन
काठमाडौं। बहुराष्ट्रिय कम्पनी डाबरलाई नेपाल भित्र्याएका व्यवसायी रुक्म शमशेर राणाको निधन भएको छ । डाबर नेपालको प्रवन्धक निर्देशकसमेत बनेका राणाको शनिबार बिहान काठमाडौंको बत्तिसपुतलीस्थित आफ्नै निवासमा ८५ वर्षको उमेरमा निधन भएको हो।
राणा मिर्गौला, मधुमेह र रक्तचाप सम्बन्धी समस्याबाट पीडित रहँदै आएका थिए। नेपाली कांग्रेसका संस्थापक सुवर्ण शमसेर राणाका कान्छा छोरा रहेका उनी सन् २००९ देखि २०११ सम्म भारतको लागि नेपाली राजदूत भएका थिए। उनी राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्यसचिव पनि बनेका थिए ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment