ओडिसाकाे माैसम प्रभाव नेपालमा, सतर्क रहन महाशाखाकाे आग्रह

डिसी नेपाल
२९ भदौ २०७८ ७:१०
1.6k
Shares

काठमाडौं । ‘हाल नेपालमा भारतको ओडिसा र आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत भन्दा दक्षिण तर्फ रहेको छ,’ मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा उल्लेखित मौसम विश्लेषण हो।

महाशाखाले बुलेटिनमार्फत देशको धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले उक्त स्थानहरुका पहाडी भू(भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश नं १, प्रदेश नं २ र सुदूर पश्चिम प्रदेशका भूभागहरूमा आंशिकदेखि सामान्य बदलीसहित थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ भने बाँकी प्रदेशका भूभागमा आंशिक बदली रहेको छ।

मंगलबार देशभर सामान्य बदली रही धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बुधबार देशभर सामान्य बदली रही प्रदेश नं १ , प्रदेश नं २ र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका केही भूभागमा मेघ गर्जनर चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बिहीबार पनि देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.