कांग्रेस महाधिवेशन : थप आठ जिल्लाकाे विवाद टुङ्गाेमा, बाँकी रहेका वडा अधिवेशन हुने
काठमाडौं । नेपाली कांग्रेसले थप आठ जिल्लाको क्रियाशील सदस्यता विवाद समाधान गरेको छ। वडा अधिवेशन सुभारम्भ नभएका २१ जिल्ला मध्ये ८ जिल्लाको सदस्यता सूची केन्द्रीय निर्वाचन समितिले आज सार्वजनिक गर्ने तयारी गरेको छ।
मंगलबार विवाद समाधान गरी निर्वाचन समितिमा बुझाइएको क्रियाशील सदस्यता सूचीमा बाजुरा, कैलाली, बर्दिया, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, मोरङ, महोत्तरी र पर्सा जिल्ला रहेका छन्।
भदौमा अधिवेशन हुन नसकेका वडाहरुमा असोज ५ गते गरिने भएको छ। यस अघि ५६ जिल्लामा वडा अधिवेशन सम्पन्न भइरहेको छ। तर, डडेलधुरामा भने धाँधली भएको भन्दै पौडेल समूहले पुनः निर्वाचन गर्न माग गर्दै आएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment