चीनबाट आउने बाँकी खाेप नेपाल पुग्याे, केही दिनमा लगाइने
काठमाडौं । नेपाल सरकारले किनेको कोरोना विरुद्धको भेरोसेल खोपको थप मात्रा आज आइपुगेको छ। नेपाल वायुसेवा निगमको जहाजबाट शुक्रबार दिउसो ४४ लाख मात्रा खोप नेपाल पुगेको हो।
सरकारले चीनसँग ६० लाखमात्रा खोप किनेको थियो। जसमध्ये १६ लाख मात्रा खोप भदौ महिनाको ४ र ५गते आइसकेको छ।
यसअघि कोभिसिल्ड २४ लाख ४८ हजार, ७४ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १७ लाख ७७ हजार ३२० डोज अस्ट्राजेनेका खोप आइसकेको छ।
चीनबाट आएकाे खाेप केही दिनमा लगाइने छ। १८ वर्ष भन्दा माथिका नागरिकलाई खाेप लगाइने छ। भेराेसेलकाे पहिलाे डाेज खाेप लगाएर बसेकाहरूले चाँडै दाेस्राे डाेजकाे खाेप प्राप्त गर्ने छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment