यही असोज ४ गतेदेखि भेरोसेल मात्रा खोप
काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही असोज ४ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ।
जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले जिल्लाका एक सय ४५ खोप केन्द्रबाट भेरोसेल खोपको दोस्रो मात्रा लगाउने भएको हो। कार्यालयले यही असोज ४ देखि ६ गतेसम्म ती खोप केन्द्रमा गई खोप लगाउन सम्बन्धीत सबैलाई आग्रह गरेको छ।
कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काका अनुसार खोप लगाउनका लागि काठमाडौँ महानगरपालिकामा ३२, कीर्तिपुरमा १०, चन्द्रागिरिमा १५, नागार्जुनमा १०, तारकेश्वर ११, दक्षिणकालीमा नौ, बूढानीलकण्ठमा १३, टोखामा ११ तथा गोकर्णेश्वर, शङ्करापुर र वागेश्वरी मनहरामा नौ/नौ खोप केन्द्र तोकिएको छ।
यसैगरी काठमाडौँ महानगरपालिकामा थप सात खोप केन्द्र तोकिएको छ। नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, वीर अस्पताल, त्रिवी शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा पनि खोप केन्द्र तोकिएको छ। सरकारले हिजोमात्र चीनबाट ४४ लाख मात्रा भेरोसेल खोप नेपाल ल्याएको थियो।रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment