ट्रक ड्राइभरहरुलाई १ करोडभन्दा धेरै तलब, ड्राइभरले भने ‘यति त मेरो मालिकले पनि कमाउँदैनन्’

डिसी नेपाल
३ असोज २०७८ १४:०४

काठमाडौं। ट्रक चलाउने ड्राइभरको कमाइ सामान्य नै हुन्छ । उनीहरुले त्यो कमाइले आफ्नो दैनिक खर्च चलाएर केही हजार रुपैयाँ बचत गर्न सक्लान् । ट्रक चलाएर ठूलो कमाइ गर्न सकिन्छ भन्ने कुरा हामीलाई विश्वास लाग्दैन । तर, बेलायतमा सुपरमार्केटको ट्रक चलाउने चालकहरुलाई यति भारी पारिश्रमिक दिइएको छ कि हामी त्यो सुन्दा पनि चकित पर्छौं । त्यहाँ एक ट्रक ड्राइभरले पाउने पारिश्रमिक हाम्रो देशमा ठूला कम्पनीका प्रमुख कार्यकारीले पनि पाउँदैनन् ।

डेलीमेलका अनुसार यहाँको प्रमुख सुपरमार्केटले सामान डेलिभरी गर्ने ट्रक ड्राइभरलाई वार्षिक ७० हजार पाउण्ड पारिश्रमिक र काममा आबद्ध भएवापत सुरुमै ज्वाइनिङ बोनसको रुपमा २ हजार पाउण्ड अफर गरिरहेको छ । कम्पनीले अफर गरेअनुसार यी ट्रक ड्राइभरको मासिक पारिश्रमिक नै ६ हजार पाउण्ड हुन्छ जसको नेपाली रुपैयाँ १० लाख हुन्छ ।

यहाँका सुपरमार्केटहरु टेस्को र सेल्सबेरीका रिक्रुटरले यी ड्राइभरहरुलाई निकै आकर्षक पारिश्रमिक प्रस्ताव गरिरहेका छन् किनकि त्यहाँ राष्ट्रिय स्तरमा आवश्यकता भन्दा १ लाख ड्राइभरहरु कम छन् । यो पेशामा अनुभवीहरुलाई सुपरमार्केटको स्टक कायम राख्नको लागि उनीहरुको सेवाको बदलामा ठूलो मात्रामा पारिश्रमिक वृद्धिको अफर दिइँदैछ ।

१७ वर्षदेखि ट्रक चलाइरहेका बेरी नामका एक ट्रक चालकका अनुसार उनलाई एजेन्टहरुले २ वर्षको अनुबन्धका लागि २ हजार पाउण्ड बोनसको कागजातमा हस्ताक्षरको लागि सम्पर्क गरेका थिए । बीबीसी ५ लाइभसँग कुरा गर्दै उनले बताएअनुसार उनलाई हप्तामा ५ रातको ड्युटीको प्रस्ताव गरिएको छ ।

त्यसमा पनि शनिबारको लागि लगभग डेढ गुणा र आइतबारको लागि दुई गुण पारिश्रमिक दिने अफर गरिएको छ । उनले भने ‘यो उद्योगमा यो निकै आश्चर्यजनक पारिश्रमिक हो । मेरो मतलब मेरा मालिक पनि यति कमाउँदैनन् । उनीहरु वास्तवमा विकेन्डमा सुपरमार्केट डेलिभरी ड्राइभरको खोजी गरिरहेका छन् र पैसा उनीहरुको लागि धेरै महत्वपूर्ण छैन ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *