पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
सांकेतिक तस्वीर
भरतपुर । चितवनको इच्छाकामनामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो।
गए राति ११ः४५ बजे पहिरो खसेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बिहानैबाट पहिरो पन्छाउने काम सुरु गरिएको जनाइएको छ। ठूलो पहिरो खसेका कारण पन्छाउन समय लाग्ने प्रहरीले जनाएको छ।
पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारी साधन रोकिएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयले आफ्नो लेनमा अनुशासन कायम गरेर बस्न सबै सवारी चालकलाई अनुरोध गरेको छ। रासस
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment