भक्तमान श्रेष्ठ अपहरणका एक याेजनाकार पक्राउ

डिसी नेपाल
६ असोज २०७८ १३:०६
420
Shares

काठमाडौं । चितवन मेडिकल कलेजका निर्देशक भक्तमान श्रेष्ठको अपहरणमा संलग्न रहेको आरोपमा फरार रहेका राजेन्द्र पण्डित पक्राउ परेका छन्।

अपहरणका योजनाकार मध्येका एक भीमसेन पण्डितका अंकलका छोरा राजेन्द्रलाई केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको हो। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई नुवाकोटबाट पक्राउ गरेको हो। राजेन्द्र अपहरितलाई राख्ने घरको व्यवस्थापन गर्ने कार्यमा संलग्न थिए।

पुनरावेदन अदालत, हेटौंडा इजलासले उनलाई ९ वर्ष कैद र ५० हजार रुपैयाँ जरिमानाको सजाय सुनाएको छ। अपहरणकारी रोहित पालिवाल र भीमसेनको समूहले ४ जेठ २०६७ मा अस्पतालबाट घर फर्किँदै गरेका तत्कालीन निर्देशक श्रेष्ठको अपहरण गरेको थियो।

फिरौतीवापत तीन किलो ६ सय ग्राम सुन भारतको लखनउ नजिकैबाट असुलेको थियो। भीमसेन भने अझै फरार रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *