नेपाली दूतावासले बोस्टनमा घुम्ती शिविर गर्ने

डिसी नेपाल
७ असोज २०७८ २०:२४

काठमाडौं। अमेरिकास्थित नेपाली राजदूतावासले अमेरिकाको बोस्टनमा घुम्ती शिविर गर्ने भइको छ । दूतावासले आफ्ना सेवाग्राहीहरुलाई लक्षित गरी म्यासाच्युसेट्स राज्यको बोस्टनमा दुइ दिने घुम्ीत कन्सुलर सेवा शिविर गर्ने जानकारी दिएको हो ।

शिविरमार्फत म्यासाच्यूसेट्स राज्यसहित न्युह्याम्पसायर, रोड आइल्याण्ड, भर्मोन्ट, मेन, कनेक्टिकट राज्यहरुमा बसोबास गर्ने नेपाली समुदायलाई सेवा दिने दूतावासको लक्ष्य छ । दूतावासले यसका लागि, बोस्टनस्थित एनआरएनए म्याासाच्युसेट्स च्याप्टर, ग्रेटर बोष्टन नेपाली कम्युनिटी र एनआरएनए न्यु ह्याम्पसायर च्याप्टरको सहयोग लिएको छ । यी निकाय र संस्थाको संयुक्त आयोजनामा सेप्टेम्बर २५ शनिवार र २६ आइतवारका दिन शिविर संचालन हुनेछ ।

कन्सुलर सेवा शिविर मार्फत सेवाग्राहीहरुले राहदानी नवीकरण, गैर आवासीय नेपाली परिचयपत्र, अधिकृत वारेसनामा, कागजात प्रमाणिकरण, एकतर्फी यात्रा अनुमतिपत्र, पर्यटक भिसा लगायत सेवा पाउनेछन् । शिविरबाट करिब दुइ सय जना सेवाग्राहीहरुले सेवा लिने अनुमान गरिएको छ । दूतावासले घुम्ती शिविरबाट प्रदान गर्न लागिएका सेवाहरु प्राप्त गर्नका लागि आवश्यक कागजात, शुल्क र प्रक्रियाबारेमा विस्तृत जानकारीको लागि राजदूतावासको आधिकारिक वेबसाइट हेर्न अनुरोध गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *