सुत्केरीको मृत्यु, आफन्त भन्छन डाक्टरको लापरवाही

डिसी नेपाल
१० असोज २०७८ १६:३४

काठमाडौं । अत्याधिक रक्तस्रावका कारण कैलालीको धनगढीस्थित नवजीवन अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ ।

मृतकका आफन्तले भने डाक्टरको लापरवाहीका कारण कल्पनाको मृत्यु भएको आरोप लगाएका छन् । उनीहरुले अस्पतालसँग मेडिकल रिपोर्ट माग गर्दै मृत्युको यथेस्ट कारण खुलाउन भन्दै अस्पताल घेराउ गरेको बताइएको छ । मृत्यु हुनेमा डोटीको शिखर नगरपालिका–६ की २६ वर्षीया कल्पनासिंह मल्ल रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

शनिबार राति सुुत्केरी भएकी मल्लको अवस्था गम्भीर भएपछि सो अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएकोमा आज बिहान ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एवम् प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

कल्पनाले जन्म दिएको बच्चालाई सो अस्पतालकै एनआइसीयुमा राखिएको जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *