संस्थाको लोगो अनाधिकृत प्रयोग भएको भन्दै नासाले जनायाे आपत्ति (विज्ञप्तिसहित)

डिसी नेपाल
१२ असोज २०७८ १०:२१

काठमाडौं । नेपालिज एसोसियशन इन साउथइष्ट अमेरिका (नासा)ले संस्थाको लोगो अनाधिकृत प्रयोग भएको भन्दै आपत्ति जनाएको छ। संस्थाका अध्यक्ष विनय अर्याल र महासचिव कृष्ण श्रेष्ठले विज्ञप्ति जारी गर्दै संचार माध्यायममा आएका समाचारहरु पनि भ्रामक भएको बताएका छन्।

सेप्टेम्बर ५ मा तोकिएको सम्मेलनका विषयलाई लिएर उपाध्यक्षलगायत ११ जना पदाधिकारीले राजीनामा दिएको बताएका थिए। उनीहरुको राजीनामा स्वीकृत भइसकेका कारण उनिहरुबाट लोगो प्रयोग हुनु गलत भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालिज एसोसिएशन इन साउथइष्ट अमेरिकाको लोगोसमेत प्रयोग गरि प्रेसविज्ञप्ति र केही भ्रामक समाचार समेत प्रकाशित भएकोमा नासा कार्यसमितिको गम्भिरध्यानाकर्षण भएको छ।’

विज्ञप्तिमा अगाडी भनिएको छ, ‘प्रत्येक दुर्इ वर्षमा नासाको क्षेत्रमा हुने नेपालिज एसोसिएशन ईनसाउथईष्ट अमेरिका र एसोसिएशन अफ नेपालिज ईन मिडवेष्टअमेरिकाको १६ औं संयूक्त सम्मेलन सेप्टेम्बर५ तारीख़, २०२१फ़्लोरिडा राज्यको सुन्दर पर्यटकियशहरओर्ल्याण्डोमा सम्पन्न गर्ने गरी सबैकार्यहरुअगाडी बढीरहेको कुरा यहाँहरु सबैलाई अवगत नै छ। १६औं संयुक्त सम्मेलनको अन्तिम तयारीमा पुगिसकेको अवस्था र नासाको निर्वाचन सम्पन्न गर्ने निर्वाचन समितिको कार्य तालिका अनुरुप नै अन्तिम चरणमा पुग्नै लाग्दा डेल्टा भेरिएण्टको कारण सम्मेलन रोक्नु पर्ने दबाब दिन थालियो।’

‘फ्लोरिडा राज्यमाडेल्टाको प्रकोप बिस्तारै देखिएको भएपनि स्थानिय , राज्य तथा संघिय सरकारको कुनैपनि निकायले सभा सम्मेलन गर्न कुनै पनि बन्देज नगरेको र सम्मेलन गर्ने होटेलसंगसम्झौता समेत गरिसकिएको अबस्थामा होटलले सम्मेलन रोक्नु पर्ने कुनै कारणन भएकोले सम्मेलन रोक्दा आयोजकहरुले हर्जाना बापत ठुलै रकम तिर्नु पर्ने बाध्यात्मकस्थिति हुँदा पनि केही साथीहरुले एकोहोरो रुपमा सम्मेलन स्थगन गर्नुपर्ने दबाब बढाउँदैलगि निर्बाचनको कुनै प्रक्रिया बारेमा छलफलसमेत नगरी मध्यरातमा असहज किसिमले अध्यक्षलाई बाध्यतामा पारि सम्मेलन स्थगन गरियो,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *