विराटनगरले भैरहवालाई दियो ९० रनको लक्ष्य

डिसी नेपाल
१३ असोज २०७८ १६:२०
88
Shares

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपीएल) अन्तर्गत आजको दोस्रो खेलमा भैरहवा ग्लाडियटर्ससामु विराटनगर वारियर्सले ९० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गर्न आएको विराटनगरले १७ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ८९ रन मात्र जोड्यो ।

विराटनगरका दिलसान मुनविराले सर्वाधिक २५, समित महर्जनले १३, अनिल शाह र ओपनर आसिफ शेखले समान ११ रन जोडे ।
भैरहवाका धमिका प्रसाद र आरिफ शेखले समान तीन विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *