बार्सिलोनाको लज्जास्पद हार, म्युनिखको सहज जित

डिसी नेपाल
१४ असोज २०७८ ६:३७
472
Shares

काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिनोलानाले लज्जास्पद हार व्यहोरेको छ। बुधबार राति भएको खेलमा १० खेलाडीमा सीमित बार्सिलोना बेन्फिकासँग ३-० गोल अन्तरले पराजित भएको हो।

बेन्फिकाको जितमा डार्विन नुनेजले २ तथा राफा सिल्भाले १ गोल गरे। बार्सिलोनाविरुद्ध बेन्फिकाले पहिलो हाफमा १ तथा दोस्रो हाफमा २ गोल थपेको थियो।

खेल सकिन तीन मिनेट बाँकी रहँदा एरिक गार्सिया दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोनाको जित टाढिएको थियो।

यो जितसँगै बेन्फिका समूह ‘ई’ मा दुई खेलबाट चार अंक जोड्दै दोस्रो स्थानमा छ। दोस्रो जितसँगै बायर्न शीर्ष स्थानमा रहँदा बेन्फिका एक अंक जोडेर तेस्रो स्थानमा छ।

बुधबार राति नै भएको समूह ‘ई’ को खेलमा बायर्न म्युनिखले ड्यनामो केइभ ५-० को फराकिलो गोल अन्तरले पराजित गरेकाे छ।

घरेलु टोली बायर्नलाई जिताउन रोबर्ट लेवाण्डोस्कीले दुई तथा सर्जी जीनाब्री, लिरो साने र इरिक मोटिङले १/१ गोल गरे।

जितसँगै समूह ‘ई’ मा बायर्न शीर्ष स्थानमा छ। उसको दुई खेलबाट ६ अंक छ । केइभको दुई खेलबाट एक अंक रहँदा बार्सीलोना बिना अंक पुछारमा रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *