ईपीएल लिगमा आज दुई खेल हुँदै
काठमाडौं। एभरेष्ट प्रिमियर लिग अन्तर्गत आज बिहिवार त्रिवि क्रिकेट मैदानमा दुई खेल हुँदैछ। पहिलो खेलमा काठमाडौं किङ्स–११ र चितवन टाइगर्सबीच प्रतिस्पर्धा भईरहेको छ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं लगातार दोस्रो जितको खोजीमा रहेको छ । काठमाडौंले पहिलो खेलमा ललितपुर प्याट्रीयट्सलाई हराएको थियो ।
त्यस्तै,सोमपाल कामीको कप्तानी रहेको चितवन समेत लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा चितवनले विराटनगर वारियर्सलाई हराएको थियो ।दोस्रो खेल भने,भैरहवा ग्लाडीयटर्स र ललितपुर प्याट्रीयट्स बीच प्रतिस्पर्धा हुनेछ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment