दोस्रो जितसँगै चितवन शीर्षस्थानमा, काठमाडौं पराजित

डिसी नेपाल
१४ असोज २०७८ १३:४१
52
Shares

काठमाडौं। चितवन टाइगर्सले जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा चितवनले काठमाडौं किङ्स इलेभनलाई तीन विकेटले पराजित गरेको हो । जितसँगै दुई खेलबाट चार अंक बनाएको चितवन शीर्षस्थानमा फर्किएको छ।

१४२ रनको लक्ष्यसहित जवाफि ब्याटिङमा आएको चितवनले १८ ओभर पाँच बलमा सात विकेट गुमाउँदै १४१ रन बनाएको थियो ।

चितवनका लागि राजेश पुलामी मगरले सर्वाधिक २६ रन बनाए। अविजित रहेका पुलामीले २९ बलमा दुई छक्का प्रहार गर्दै २६ रन बनाएका थिए । यस्तै कमल ऐरी र दिलीप नाथले समान २३ रन बनाए । यस्तै करिम जन्नतले १४ बलमा २१ रन बनाए। चितवनका कप्तान सोमपाल कामी डक आउट भए।

काठमाडौंका रायन बर्ल र जितेन्द्र मुखियाले समान दुई विकेट लिए। चार ओभर बलिङ गरेका रायनले १३ रन खर्चिए । यता, तीन ओभर बलिङ गरेका जितेन्द्रले १८ रन खर्चिए । जनक प्रकाश, गुल्शन झा र सन्दीप लामिछानेले एक-एक विकेट लिए।

यसअघि टस हारेर ब्याटिङ गरेकोे काठमाडौले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १४१ रन बनाएको थियो ।

काठमाडौंको मध्यस्कोर बनाउने क्रममा ओपनिङ ब्याटर सुभाष खकुरेलले सर्वाधिक ३५ रन बनाए । ३४ बल खेलको खकुरेलले दुई चौका र दुई छक्का हिर्काएका थिए । यस्तै राजु रिजालले २८ र जनक प्रकाशले २६ रन बनाए । काठमाडौंका अन्य खेलाडीले भने दोहोरो अंक जाेड्न सकेनन् । पहिलो खेलमा ललितपुरविरुद्ध विष्फोटक ब्याटिङ गरेका काठमाडौंका ब्याटर रायन बर्ल भने डक आउट भएका थिए ।

टस जितेर बलिङ गर्ने निर्णय गरेको चितवनका लागि सागर ढकालले सर्वाधिक चार विकेट लिए । चार ओभर बलिङ गरेका सागरले २१ रन खर्चिएका थिए । यस्तै करिम जन्नतले दुई विकेट लिँदा सीकुगे प्रशंन्ना र कमल ऐरीले समान एक विकेट लिए ।

आजै हुने दोस्रो खेलमा भैरहवा ग्लाडियटर्स र ललितपुर प्याट्रियट्सबीच प्रतिस्पर्धा हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *