रोमान्चक खेलमा भैरहवाले फेरि अंक बाँड्यो

डिसी नेपाल
१४ असोज २०७८ १८:५६
36
Shares

काठमाडौं।अन्तिम बलमा कप्तान शरद भेषवाकरले छक्का प्रहार गरेसँगै निर्धारित २० ओभरको खेल ‘टाई’ भएपछि भैरहवा ग्लाडियटर्स र ललितपुर प्याट्रियट्सले अंक बाँडेका छन् ।

बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको चौथो संस्करणको १०औँ खेलमा भैरहवा र ललितपुरले १(१ अंक बाँडेका हुन् ।

१७८ रनको लक्ष्यसहित जबाफी ब्याटिङमा आएको भैरहवाले अन्तिम बलमा छक्का प्रहार गर्दै १७७ रन बनाएको थियो ।यसपछि खेल ‘सुपर ओभर’मा पुगे पनि खराब प्रकाशका कारण सुरु हुन सकेन, जसका कारण दुवै टोलीले अंक बाडेँ।यसअघि भैरहवाले बर्षाका कारण खेल अवरुद्ध हुँदा पोखरा राइनोजसँग अंक बाँडेको थियो ।

१७८ रनका लक्ष्यसहित ब्याटिङमा आएको भैरहवाका लागि उपुल थरङ्गाले सर्वाधिक ६७ रन बनाए । श्रीलंकाली ब्याटर तथा विकेटकिपर उपुलले अविजित ४४ बलमा ६ चौका र ३ छक्का हिर्काएका थिए । यस्तै, कुशल मल्लले ३८, आरिफ शेखले २८ तथा तमिम इक्वालले १४ रन बनाए । कप्तान शरदले १ बलमा ६ रन प्रहार गरे ।

ललितपुरका रशिद खानले सर्वाधिक ३ विकेट लिए । ४ ओभर पुरा बलिङ गरेका रशिदले ३४ रन खर्चिएका थिए । यस्तै, राजन ढकालले २ विकेट लिए । उनले ४ ओभरमा १७ रन खर्चिएका थिए ।यसअघि टस हारेर ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ७ विकेट गुमाएर १७७ रन बनाएको थियो ।

कुशल भुर्तेलको कप्तानीमा रहेको ललितपुरका लागि सन्दुन विराक्कोडीले ५८ रन बनाए । अज्मतुल्लाह ओमारजाईले ४२ रन बनाए । यस्तै, सन्दीप जोराले ३८ रन जोड्दा ओशाडा फर्नान्डोले २० रन बनाए ।भैरहवाका लागि अविनास बोहराले सर्वाधिक २ विकेट लिए । धम्मिका प्रसाद, कृष्ण कार्की र आरिफ शेखले समान १ विकेट लिए ।आजै भएको पहिलो खेलमा चितवन टाइगर्सले काठमाडौं किङ्स इलेभनलाई ३ विकेटले पराजित गर्‍यो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *