केनको ह्याट्रिक, टोटनहमको फराकिलो जित
काठमाडौं। स्ट्राइकर ह्यारी केनको ह्याट्रिक मद्धतमा युरोपा कन्फ्रेन्स लिगमा इंग्लिस क्लब टोटनहमले सानदार जित दर्ता गरेको छ । बिहीबार राति घरेलु मैदानमा टोटेनहमले स्लाभेनियाको एनएस मुरामाथि ५–१ अन्तरको फराकिलो जित निकालेको हो।
दोस्रो हाफमा मैदान छिरेका केनले २० मिनेटको अन्तरमा ह्याट्रिक पुरा गरेका थिए। यस्तै डेल अली र जियोभानी लो सेल्सोले समान एक गोल गरे । पराजित मुराका जिगा कोअसले एक गोल फर्काए।
टोटेनहमले खेलको चौथो मिनेटमा डेल अलीको पेनाल्टी गोलबाट अग्रता बनाएको थियो। आठौं मिनेटमा जियोभानी लो सेल्सोले २–० को अग्रता बनाए। ५३औं मिनेटमा जिगाले गोल गर्दै दुरी २–१ को अवस्थामा ल्याए। त्यसपछि बैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका केनले ६८, ७६ र ८६ मिनेटमा ह्याट्रिक पुरा गर्दै टोलीलाई ५–१ को जित दिलाए।
जितसँगै टोटेनहम समूह ‘जी’ मा २ खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । समान ४ अंकको रेनेस दोस्रो स्थानमा छ । भिटेसको ३ तथा मुरा अंकविहीन हुदै पुछारमा छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment