विराटनगरलाई ललितपुरको ऐतिहासिक लक्ष्य
काठमाडौं। एभरेस्ट प्रिमियर लिग (इपिएल) टि-ट्वान्टी क्रिकेटमा साविक विजेता ललितपुर प्याट्रियट्सले विराटनगर वारियर्सलाई जितका लागि दुई सय २७ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वबिद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा पाँच विकेट गुमाएर इपिएलकै सर्वाधिक दुई सय २६ रन बनाएको हो।
ललितपुरका ओपनिङ ब्याटर सन्दुक विराक्कोडीले सर्वाधिक ७३ रन बनाए । यस्तै अज्मतुल्लाह ओमार्जाइले ५८ रन बनाउँदा कुशल भुर्तेलले ३२, योगेन्द्र सिंह कार्कीले २७ तथा नारायन जोशीले १८ रन बनाए।
विराटनगरका कप्तान कारण केसीले दुई तथा सिकन्दर राजा, प्रतिस जिसी, दिल्शन मुनावीराले समान १-१ विकेट लिए। इपिएल क्रिकेटको इतिहासमा यो सर्वाधिक रन बनेको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment