एनभिए महिला भलिबल : आर्मीलाई हराउँदै एपीएफ फाइनलमा
काठमाडौं। एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ साविक विजेता एपीएफ क्लब फाइनल प्रवेश गरेको छ। शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा साविक विजेता एपीएफले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै उपाधी नजिक पुगेको हो।
निकै नै प्रतिस्पर्धात्मक चलेको पाँच सेटको खेलमा एपीएफले बलियो खेल देखाउँदै सेट ३–२ ले जितेको हो । पहिलो सेट जितेको एपीएफले लगातार दुई सेट आर्मीलाई सुम्पिएको थियो । त्यसपछिको दुई सेटमा भने एपीएफ फर्कियो।
पहिलो सेटमा केही पछि परेको एपीएफले अन्तिममा बलियो खेल देखाउँदै आर्मीलाई २७–२५ ले पछि पार्यो । दोस्रो सेटमा १९–१९ को बराबरी अवस्थामा आर्मीले अग्रता बढाउँदै २५–२१ ले खेल आफ्नो नियन्त्रणमा राख्दै सेट १–१ मा पुर्यायो।
निकै नै प्रतिस्पर्धात्मक खेलमा पुनः आर्मीले तेस्रो सेट आफ्नो पक्षमा पार्यो । शान्ति थारु, जानकी भण्डारी, कृपा अधिकारी, संगम महतो, सरस्वती जैशी चलेको खेलमा आर्मीले तेस्रो सेट २७–२५ ले जित्दै स्थिति २–१ को बनायो ।
चौथो सेटमा एपीएफ खेलमा फर्कियो । खेलमा एपीएफले पुनरामगन गर्दै सेट २६–२४ ले जित्यो । चौथो सेटसँगै खेल २–२ को स्थितिमा बढ्यो । अन्तिम सेटको सुरुवाती चरणमा आर्मीले अग्रता बनाएको थियो । तर एपीएफले पुनरागमन गर्दै सेट १५–१३ ले जित्यो ।
आर्मीमा राष्ट्रिय खेलाडी जानकी भण्डारी, सुनिता खड्का, साफिया पुनसहित पूर्वराष्ट्रिय खेलाडी कृपा अधिकारी रहेकी थिइन् । यता, एपीएफको टिममा सरस्वती चौधरी, रेश्मा भण्डारी, निरुता ठगुन्ना, हिरा केसी र उषा विष्ट रहेका थिए । यस्तै एपीएफलाई पूर्व राष्ट्रिय भलिबल टोलीकी कप्तान विनिता बुढाथोकी र नेबिका चौधरीको साथ रहेको थियो ।
आजै हुने दोस्रो सेमिफाइनलमा न्यू डायमण्ड एकेडेमी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । जसको विजेताले उपाधिका लागि एपीएफसँग खेल्नेछ ।
यस्तै, पुरुषतर्फको सेमिफाइनल खेल पनि आज नै हुने छ । पहिलो सेमिफाइनल खेलमा हेल्प नेपाल र नेपाल पुलिस तथा दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment