मलेसियाबाट एकैपटक आइपुग्यो ७ शव र ६ अस्तु, आफन्त भावविह्वल (तस्बिर)

रिता बस्नेत
१६ असोज २०७८ १४:२५

काठमाडौं । आज(शनिबार) बिहान मलेसियाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आर.ए.को फ्लाईटबाट ७ जनाको शव र ६ जनाको अस्तु(खरानी) एकैपटक आइपुगेको छ । वैदेशिक रोजगारका क्रममा मलेसियामा मृत्यु भएका नेपालीहरुको शव र अस्तु एउटै फ्लाईटबाट काठमाडौं आइपुगेको हो ।

धेरै शव एकैपटक आइपुग्दा विमानस्थलमा आफन्तहरु भावविह्वल देखिएका थिए । शव लिन आएका अधिकांश आफन्त, छिमेकी तथा साथीभाईको आँखा आँशुले टिलपिलाएका थिए ।

मलेसियामा कार्यरत नेपालीहरुको हटहट्याक, सुसाइडलगायत अन्य बिरामी भई मृत्यु भएकाहरुको ७ वटा शव र कोरोना संक्रमणले मृत्यु भएर उतै(मलेसिया) सद्गद गरिकाहरुको ६ वटा अस्तु विमानस्थलमा आइपुगेको हो ।

मलेसियाबाट आएको ६ वटा अस्तुमा ताप्लेजुङ्गका बलबहादुर लिम्बु, फिदिमका मन कुमार तामाङ, सप्तरीका रुद्रकान्त राय, गोर्खाका आले मगर, धादिङका घले हर्क बहादुर, मोरङका खेमराज बास्तोलाको रहेको थियो ।

त्यसैगरी, आएका ७ वटा शवमा मोरङका ओम नारायण माझी, गोर्खाका पूर्णबहादुर भट्ट क्षेत्री, इलामका खम्बसिंह लाय मगर, जाजरकोटका शाही खडग बहादुर, दाङका ओली क्षेत्री कमल, नवलपरासी केशर बहादुर राना र पुस्कर निरौलाको रहेको थियो ।

आएका शवहरुलाई वैदेशिक रोजगार बोर्डले निःशुल्क घर अथवा आफन्तले सद्गत गर्ने स्थानसम्म पुर्याउँदै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *