स्पेनलाई हराउदै फ्रान्सले उपाधि जित्यो

डिसी नेपाल
२५ असोज २०७८ ६:२६

काठमाडौं । युईएफए नेस्नल लिगको उपाधि फ्रान्सले जितेको छ। आइतबार राति इटालीको सान सिरोमा भएको खेलमा पुनरामगन गर्दै फ्रान्सले स्पेनलाई २-१ गोल अन्तरले हराएको हो।

फ्रान्सको जितमा केलिएन एम्बाप्पे र करिम बेन्जेमा नायक रहे। स्पेनको लागि माइकल ओयर्जबालले १ गोल गरे।

खेलमा अग्रता भने स्पेनले बनायो । कप्तान सर्जीयो बुस्केटको पासमा ६४ मिनेटमा माइकलले सुरुवाती गोल गरे।

खेलको ६६ मिनेटमा बेन्जेमाले एम्बाप्पेको पास सदुपयोग गर्दै गोल गरे । खेल सकिन १० मिनेट बाँकी छँदा एम्बाप्पेले गोल गर्दै टोलीलाई उपाधी दिलाए।

यसअघि भएको पहिलो खेलमा बेल्जियमलाई २-१ गोल अन्तरले पराजित गर्दै इटालीले तेस्रो स्थान हासिल गर्‍याे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *