डिपाए चम्किँदा नेदरल्यान्डको आधा दर्जन गोल
काठमाडौं। बार्सिलोनाका स्ट्राइकर मेम्फिस डिपाए चम्किएको खेलमा नेदरल्यान्डले बिश्वकप तथा युरोपेली छनोट खेलमा जिब्राल्टारको पोस्टमा आधा दर्जन गोल गरेको छ।
घरेलु मैदानमा मेम्पिसले दुई गोल र दुई असिस्ट उपलब्ध गराउँदा नेदरल्यान्ड्सले जिब्राल्टारमाथि ६–० को फराकिलो जित हासिल गरेको हो। नेदरल्यान्डको जितमा डिपाएले दुई गोल गर्दा भर्जिल भान डाइक, डेन्जेल डेम्फ्रेज, अर्नाउट डानजुमा र डोनियल मालेनले समान एक गोल गरे । यसअघि मेम्पिसले पेनाल्टी चुकाउन पुगेका थिए। जसका कारण उनी ह्याट्रिक गर्न असफल भए ।
जितसँगै समूह ‘जी’मा नेदरल्यान्ड १९ अंक जोडेर शीर्षस्थानमा छ । पराजित जिब्राल्टार अंकबिहीन हुँदै पुछारमा छ । यही समूहको अर्काे खेलमा टर्कीले लात्भियालाई २–१ ले तथा नर्वेले मोन्टेनग्रोलाई २–० ले पराजित गरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment