बंगलादेशविरुद्ध नेपालको आक्रामक रणनीति, दुई परिवर्तन

डिसी नेपाल
२७ असोज २०७८ १६:२४

काठमाडौं । साफ च्याम्पियनसिप अन्तर्गत बंगलादेशविरुद्ध खेल्ने नेपाली टोलीको सुरुवाती एघार सार्वजनिक गरिएकाे छ। प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले बंगलादेशविरुद्ध खेल्ने नेपालको सुरुवाती–११ सार्वजनिक गरेका हुन्।

नेपालले बुधबार (आज) साँझ पौने ५ बजे मालेस्थित राष्ट्रिय रंगशालामा बंगलादेशको सामना गर्दैछ। प्रशिक्षक अब्दुल्लाहले बंगलादेशविरुद्ध आक्रामक रणनीति बनाएका छन्। यसअघि भारतविरुद्ध रक्षात्मक खेल खेल्दै पराजित भएपछि दबाबमा आएका अब्दुल्लाहले बंगलादेशविरुद्ध आक्रामक रणनीति लिएका हुन्।

बंगलोदशविरुद्ध प्रशिक्षक अब्दुल्लाहले दुई परिवर्तन गरेका छन्। भारतविरुद्ध खेलेको सेटमा सुमन लामा र मनिष डांगी परिवर्तन भएका छन् । सुमनको स्थानमा आयुष घलान खेल्नेछन् भने मनिषको स्थानमा नवयुगलाई ल्याइएको छ।

अब्दुल्लाहले नेपाली टोलीको गोलरक्षकमा कप्तान किरणकुमार लिम्बुलाई जिम्मेवारी दिएका छन् । यस्तै डिफेन्समा सदाझैँ गौतम श्रेष्ठ, अनन्त तामाङ, दिनेश राजवंशी र पुजन उपरकोटीलाई निरन्तरता दिएका छन्।

यता, मिडलाईनमा भने रोहित चन्द, सुजल श्रेष्ठ, तेज तामाङ, रहेका छन् । एक्ला स्ट्राइकर नवयुग श्रेष्ठलाई आयुष घलान र अन्जन बिष्टले सहयोग गर्नेछन्।

आज बंगलादेशविरुद्ध नेपालले जित वा बराबरले साफ च्याम्पियनसिपमा पहिलो पटक फाइनल पुग्नेछ । हारले भने बंगलादेश फाइनल पुग्नेछ।

सन् १९९३ बाट सुरु भएको साफको १३औं संस्करण आइपुग्दा नेपाल हालसम्म फाइनल पुग्न सकेको छैन।

नेपालको सुरुवाती –११

गोलरक्षकः किरण कुमार लिम्बु

डिफेण्डर : गौतम श्रेष्ठ, अनन्त तामाङ, दिनेश राजबंशी, पुजन उपरकोटी

मिडफिल्डर : रोहित चन्द, सुजल श्रेष्ठ, तेज तामाङ

स्ट्राइकर : आयुष घलान , अन्जन बिष्ट, नवयुग श्रेष्ठ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *