पहिरोले बैतडी जोड्ने राजमार्ग अवरुद्ध

डिसी नेपाल
२ कार्तिक २०७८ १६:२३

काठमाडौं। लगातारको बर्षाले बैतडीका विभिन्न ठाउँमा पहिरो जाँदा प्रमुख राजमार्गह अवरुद्ध भएका छन् ।

महाकाली राजमार्ग अन्तर्गतको सतबाँझ–गोकुलेश्वर सडकखण्डको दोगडाकेदार गाउँपालिका–३ खोचलेकमा पहिरो जाँदा आवतजावत ठप्प भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

यसअघि सल्सेना र धरमघरमा पहिरो गएको पहिरो भने प्रहरीले पन्छाएको जनाएको छ । यसैगरी, जयपृथ्वी राजमार्ग अन्तर्गत मोतीनगरमा पहिरो जाँदा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *