बर्षापछिको हावाहुरीले हुम्लाको हवाई सेवा अवरुद्ध

डिसी नेपाल
४ कार्तिक २०७८ १९:३५

हुम्ला । हुम्लाको एक मात्र यातायातको माध्यम हवाई सेवा अविरल वर्षापछिको हावाहुरीको कारण अवरुद्ध भएको छ ।

सिमकोट गाउँपालिकाको मात्र रहेको एक मात्र हवाई सेवा आइतबार रातिदेखि अविरल वर्षापछि हावाहुरीका कारण हवाई सेवा अवरुद्ध भएको हो ।

बिहीबार बिहानैदेखि नेपालगंज र सुर्खेतदेखि सिमकोटका लागि उडान भर्ने तयारी भए पनि मौसमका कारण हवाई सेवा अवरुद्ध भएको समिट एयर सिमकोटका स्टेसन इन्चार्ज गोविन्द लामाले जानकारी दिए ।

यता, तारा एयरले पनि वर्षाका कारण उडान सेवा अवरुद्ध भएको जनाएको छ । नेपालगंजबाट जहाजहरूले उडान भर्ने तयारी गरेका भए पनि अविरल वर्षाका कारण हवाई सेवा अवरुद्ध भएको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाले जनाएको छ ।

टिकट लिइसकेका यात्रुहरू नेपालगंजमै रोकिएका छन् । यसबाट दसैँ मनाउन जिल्लाबाट गएका र जिल्ला भित्रिएका व्यक्तिहरू गन्तव्यतर्फ जान नपाउँदा समस्यामा परेका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *