तीन महिनाकाे अवधिमा दुई हजार ९४० लाई नागरिकता

डिसी नेपाल
८ कार्तिक २०७८ ७:१३

दमाैली । जिल्ला प्रशासन कार्यालय तनहुँले तीन महिनाका अवधिमा दुई हजार ९४० नागरिकता वितरण गरेको छ। वंशजका आधारमा दुई हजार ९३५ र वैवाहिक अङ्गिकृतका आधारमा पाँच नागरिकता वितरण गरिएको छ। सोही अवधिमा एक हजार ६६६ नागरिकताको प्रतिलिपि वितरण गरिएको छ।

कार्यालयले एक हजार ७२ राहदानी वितरण, दुई हजार ३३५ जिल्लाबाट सिफारिस र ४२१ दु्रत सेवा सिफारिस गरेको छ। बाह्र जना विपद्बाट पीडित भएकामा कार्यालयले रु पाँच लाख ४८ हजार आर्थिक सहायता रकम प्रदान गरेको छ। एघार मुद्दा दर्ता भएकामा गत वर्षको समेत गरी १३ मुद्दा फछ्र्योट भएको छ।

आदिवासी जनजाति प्रमाणित ७६५, दलित प्रमाणित २९९, पेन्सन सिफारिस २३६ र एक हजार ४३ अन्य सिफारिस गरिएको छ । कार्यालयमा उक्त अवधिमा ३४ नयाँ संस्था दर्ता भएका छन् भने ४२५ संस्था नवीकरण भएका छन्।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.