प्रि-क्वाटरफाइनलबाटै बाहिरियो सिटी, लिभरपुरको जित

डिसी नेपाल
११ कार्तिक २०७८ ७:३०
652
Shares

काठमाडौं । साविकको विजेता म्यानचेस्टर सिटी कारावाओ कपको प्रि-क्वाटरफाइनलबाटै बाहिरिएको छ।

बुधबार भएको खेलमा सिटी वेस्ट ह्याम युनाइटेडसँग पेनाल्टी सुटआउटमा ५–३ ले पराजित हुँदै अन्तिम १६ बाटै बाहिरिएको हो। निर्धारित समयमा कुनै नभएपछि खेलको छिनोफानो पेनाल्टी सुट आउटमा भएको थियो। जहाँ सिटीका फिल फोडेन गोल गर्न सकेनन्।

अन्य खेलमा लिभरपुलले च्याम्पियनसिप क्लब प्रिस्टनलाई उसकै मैदानमा २-० ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको छ। यस्तै टोटेनहम हटस्परले बर्नलेलाई १–० ले पराजित गर्‍याे।

अर्को खेलमा प्रिमियर लिग क्लब ब्रेन्टफर्डले च्याम्पियनसिप क्लब स्टोक सिटीलाई २–१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको छ।

यो सँगै कारवाओ कपको क्वाटरफाइन समीकरण पूरा भएको छ । क्वाटरफाइनल ‘ड्र’ आइतबार हुनेछ।

आर्सनल, चेल्सी, सन्डरल्यान्ड, लेस्टर, लिभरपुल, टोटेनहम, ब्रेन्टफर्ड र वेस्टह्यामले अन्तिम आठमा स्थान बनाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *