मेयर महिला कप : तुलसीपुर, वीरेन्द्रनगर र गोकर्णेश्वर विजयी सुरुआतकाे दाउमा

डिसी नेपाल
१२ कार्तिक २०७८ ८:५६
56
Shares

काठमाडौं । उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा शुक्रबार तीन खेल हुनेछन्। सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने प्रतियोगिताको नवौं दिन हुने पहिलो खेलमा बिहान ९ बजे समूह एफ को हेटौंडा उपमहानगरपालिका र तुलसीपुर नगरपालिकाबीच हुनेछ।

हेटौंडा यसअघि पहिलो खेलमा गैंडाकोट नगरपालिकासँग १-० ले पराजित भएको थियो। तुलसीपुरको यो पहिलो खेल हो। गैंडाकोटले एक खेलबाट तीन अंक जोडिसकेको छ।

दोस्रो खेल दिउँसो १२ बजे समूह जी अन्तर्गत पोखरा महानगरपालिका र वीरेन्द्रनगर नगरपालिकाबीच हुनेछ।

यस समूहको पहिलो खेलमा पोखरा कैलालीको गोदावरी नगरपालिकासँग ६-० ले पराजित भएको थियो। यो जितसँगै कैलालीको गोदावरीले तीन अंक जोडेको छ । वीरेन्द्रनगरको भने यो पहिलो खेल हो।

आजकाे अन्तिम खेल दिउँसो ३ बजे धनगढी उपमहानगरपालिका र गोकर्णेश्वर नगरपालिकाबीच हुनेछ। धनगढि लगातार दोस्रो जितको खोजीमा मैदान उत्रनेछ।

धनगढीले पहिलो खेलमा धनकुटा नगरपालिकालाई ५–० ले हराउँदै तीन अंक जोडिसकेको छ । गोकर्णेश्वरको भने समूह चरणको यो पहिलो खेल हो।

उपमेयर कपको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *