टी-२० विश्वकपमा आज वेस्ट इन्डिज र बंगलादेश तथा पाकिस्तान र अफगानिस्तान भिड्दै

डिसी नेपाल
१२ कार्तिक २०७८ ११:४२
80
Shares

काठमाडौं। आईसीसी टी-२० विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछ । शुक्रबार शारजाहमा हुने पहिलो खेलमा वेस्ट इन्डिज र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ।

साविक विजेता वेस्ट इन्डिज र बंगलादेश आज पहिलो जितको खोजीमा हुने छन्। दुबै टोलीले अघिल्ला दुई खेल गुमाएका थिए। यस्तै दोस्रो खेलमा पाकिस्तान र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ । पाकिस्तान र अफगानिस्तानबीचको खेल राति ७:४५ बजे सुरु हुनेछ । आज पाकिस्तान लगातार तेस्रो जितको खोजीमा हुनेछ। पाकिस्तानले अघिल्ला दुई खेलमा जित निकालेको थियो ।

पाकिस्तान दुई खेलमा ४ अंक जोडेर समूह २ को शीर्ष स्थानमा छ । अफगानिस्तान भने दोस्रो जितको खोजीमा हुनेछ । अफगानिस्तान एक खेलमा २ अंक जोडेर दोस्रो स्थानमा छ ।

सुपर-१२ को समूह-१ मा इंग्ल्यान्ड दुई खेलमा दुई जितका साथ ४ अंक जोड्दै शीर्षस्थानमा छ । अष्ट्रेलियाकाे दुई खेलमा समान ४ अंक भए पनि नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ ।

समूह बी मा पाकिस्तान दुई खेलमा दुई जितका साथ शीर्षस्थानमा छ । अफगानिस्तान एक खेलमा एक जितका साथ दोस्रो स्थानमा छ । नामिबिया एक खेलमा २ अंकका साथ तेस्रो स्थानमा छ । अंकविहीन न्युजिल्यान्ड चौथो, भारत पाँचौं र स्कटल्यान्ड पुछारमा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *