नेपाली महिला र पुरुष भलिबल टोलीले एभिसी सेन्ट्रल जोन खेल्ने

डिसी नेपाल
१३ कार्तिक २०७८ ७:५८
48
Shares

काठमाडौं । नेपालको राष्ट्रिय महिला तथा पुरुष भलिबल टोलीले एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगितामा खेल्ने भएको छ। नेपाल भलिबल संघ (एनभिए) का अनुसार प्रतियोगिता ६ पुसदेखि १४ सम्म बंगलादेशमा हुनेछ।

नेपालले फिलिपिन्समा हुने भनिएको महिला एसियन भलिबल च्याम्पियनसिपको लागि तयारी थालेको थियो। तर, अन्तिम समयमा एभीसीले कोरोना कारण देखाउँदै नेपाललाई सहभागिता जनाउन नदिने भनेपछि नेपालको तयारी रोकिएको थियो। काेराेनाकै कारण प्रतियोगिता रद्द भएको थियो।

संघले आयोजकलाई धन्यवाद दिँदै अब नेपालले चाँडै प्रतियोगिताको तयारी थाल्ने पनि बताएको छ। गत महिना मात्रै संघले महिला तथा पुरुष एनभिए च्याम्पियनसिप आयोजना गरेको थियो।

नेपालले सन् २०१९ मा बंगलादेशमै भएको महिला सेन्ट्रल जोनको उपाधि जितेको थियो। पुरुषतर्फ भने सन् २०१८ मा नेपाल घरेलु कोर्ट (आर्मी कोट, लगनखेल) मा समूह चरणबाट बाहिरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *