उपमेयर कपमा गौरीगंगा र बराहक्षेत्र तथा धरान र चौदण्डीगढी भिड्दै

डिसी नेपाल
१५ कार्तिक २०७८ ८:३०
60
Shares

काठमाडौं । उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा आज सोमबार दुई खेल हुँदैछ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने पहिलो खेल दिउँसो १२ बजे समूह ‘आइ’ अन्तर्गत कैलालीको गौरीगंगा नगरपालिका र बराहक्षेत्र नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ।

यसअघि वेदकोट नगरपालिकाले बराहक्षेत्रलाई पराजित र गौरीगंगासँग बराबरी खेलेको थियो। वेदकोट दुई खेलमा चार अंकसहित समूहको शीर्ष स्थानमा छ।

अन्तिम खेल समूह ‘जे’ अन्तर्गत धरान उपमहानगरपालिका र उदयपुरको चौदण्डीगढी नगरपालिकाबीच हुनेछ। खेल दिउँसो ३ बजे हुनेछ।

यसै समूहको पहिलो खेलमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले धरान र दोस्रो खेलमा चौदण्डीगढीलाई हराउँदै दुई खेलमा शतप्रतिशत नतिजा निकालेको छ। यी दुई टोलीले समूह चरणको अन्तिम खेल खेल्न लागेका हुन्।

प्रतियोगितामा सहभागी ३१ टोलीलाई १० समूहमा बाँडिएको छ। प्रत्येक समूहको विजेता नकआउट चरणमा पुग्नेछन्।

हालसम्म समूह ‘ए’ बाट झापाको कन्काइ नगरपालिका, समूह ‘बी’ बाट ललितपुर महानगरपालिका, समूह ‘सी’ बाट बर्दियाको बाँसगढी नगरपालिकाले नकआउट चरणमा स्थान बनाइसकेका छन्।

समूह ‘डी’ बाट झापाको शिवसताक्षी नगरपालिका, समूह ‘ई’ अन्तर्गत इलामको रोङ गाउँपालिका, समूह ‘एफ’ बाट दाङको तुलसीपुर नगरपालिका नकआउट चरणमा पुगेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *