न्यूजिल्याण्डसँग हारेपछि विराट कोहली आफ्ना ब्याटरहरुमाथि खनिए

डिसी नेपाल
१५ कार्तिक २०७८ १३:३६
5.1k
Shares

काठमाडौं। टि–२० विश्वकपमा न्यूजिल्याण्डसँग पनि लज्जास्पद तरिकाले हारेपछि भारतीय कप्तान विराट कोहलीले आफ्ना ब्याटरहरुमाथि हारको दोष थोपरेका छन् । उनले आफ्नो टिमले बहादुरीको साथ ब्याटिङ नगरेको बताए । न्यूजिल्याण्डसँग हारेपछि कोहलीले भने ‘न्यूजिल्याण्डले पहिलो ओभरदेखि नै हामीमाथि दबाब बनायो । यो निकै खराब दिन थियो । हामीले ब्याटिङ वा बलिङको क्रममा बहादुरीको प्रदर्शन गरेनौं । हामी जब पनि आक्रमण गर्न गरौं हाम्रा विकेट झर्दै गए ।’

कोहलीले अगाडि भने ‘जब तपाइँ भारतको लागि खेल्नुहुन्छ त्यतिबेला फ्यानहरुलाई धेरै अपेक्षा हुन्छ । फ्यान मात्रै होइन तपाइँ पनि खेलाडीको रुपमा धेरै अपेक्षासाथ खेल्नुहुन्छ । अझै प्रतियोगितामा धेरै बाँकी छ । आउने खेलमा हामीले सकारात्मक खेल देखाउनु पर्नेछ ।’ भारतले सुरुका २ खेल हारिसकेको छ । अब भारतले अफगानिस्तान, नामिबिया र स्कटल्याण्डसँग खेल्न बाँकी छ । यी सबै खेल जितेर पनि भारत सेमिफाइनल पुग्न निकै कठिन छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *