टि–२० को कप्तानी छोड्छु भनेका विराट कोहलीलाई एकदिवसीयको कप्तानबाट पनि हटाइँदै

डिसी नेपाल
१६ कार्तिक २०७८ १५:२६
2.2k
Shares

काठमाडौं। यो विश्वकपपछि टि–२० टिमको कप्तानी छोड्ने घोषणा गरेका भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीलाई एकदिवसीय टिमको कप्तानबाट पनि हटाइने भएको छ । अब भारतको लागि दुवै सीमित ओभरको फरम्याटमा रोहित शर्माले कप्तानी गर्नेछन् । छिटै चयन कमिटीको बैठकमा रोहितलाई सीमित ओभरका कप्तान घोषणा गरिने बीसीसीआइ स्रोतलाई उद्धृत गर्दै इनसाइडस्पोर्टले जनाएको छ ।

रिपोर्टका अनुसार बीसीसीआइ अधिकारीले तीन फरम्याटका लागि अलग अलग कप्तान बनाउने कुराको खण्डन गरेका छन् । विराटले यसअघि नै टि–२० को कप्तानी छोड्ने घोषणा गरेका छन् । उनले कामको बोझको हवाला दिँदै राजीनामा दिएका थिए । उनले सामाजिक संजालमार्फत आफूले राजीनामा दिएको जानकारी दिएका थिए ।

२०२३ सम्म २ विश्वकप हुँदैछन् । अर्को वर्ष २०२२ मा अस्ट्रेलियामा टि–२० विश्वकप हुनेछ । त्यसपछि २०२३ मा भारतको आयोजनामा एकदिवसीय विश्वकप हुँदैछ । यी दुवै ठूला प्रतियोगितामा भारतको कप्तान रोहित शर्मा हुनेछन् । अहिले नै उनलाई टिमको कप्तान बनाएर आफ्नो टिम तयार गर्न कम्तीमा १ वर्षको समय दिने तयारी गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *