रे मिस्टेरियोकी छोरी रेस्लर बनेर डब्लुडब्लुइमा आउँदै
काठमाडौं। डब्लुडब्लुइ सुपरस्टार रे मिस्टेरियोको फ्यान फलोइङ अझै पनि धेरै छ । उनले हालै एउटा ठूलो खुलासा गरेका छन् । उनका अनुसार उनकी छोरी आल्याले डब्लुडब्लुइको रिंगमा उत्रिन रुचि देखाएकी छिन् । रे मिस्टेरियोको गन्ती डब्लुडब्लुइका सुपरस्टारहरुमा हुन्छ । एक अन्तरवार्तामा उनले बताएअनुसार उनकी छोरीले उनीसँग सोधेकी थिइन् कि यदि उनी रिंगमा उत्रिइन् भने उनको प्रतिक्रिया के हुन्छ ।
आल्या यसअघि पनि कैयौं पटक डब्लुडब्लुइमा देखिइसकेकी छिन् । यद्यपि उनी रिंगमा भने उत्रिएकी छैनन् । तर, आफ्ना पिताका कैयौं फाइटमा उनी सामेल थिइन् । यसबाहेक कैयौं रेस्लरसँग उनको मित्रता पनि चर्चामा रह्यो । आल्याले २०२० मा डब्लुडब्लुइको स्क्रिनमा झलक देखाएकी थिइन् । त्यतिबेला रे मिस्टेरियो र सेठ रोलिन्सको लडाइँ भएको थियो ।
यतिमात्र होइन आल्याले अन स्क्रिन मर्फीलाई किस पनि गरेकी थिइन् । रे मिस्टेरियो अझै पनि डब्लुडब्लुइमा सक्रिय छन् । यसका साथै उनका छोरा डोमिनिक मिस्टेरियो पनि डब्लुडब्लुइका स्टार हुन् । हालै पिता पुत्रको यो जोडीले एकसाथ रिंगमा कदम राखेका थिए । आल्या लगातार सामाजिक संजालमा सक्रिय रहन्छिन् ।







डिसी नेपाल







Facebook Comment