मेस्सी बार्सिलोना फर्किने

डिसी नेपाल
१७ कार्तिक २०७८ १४:५४
1.8k
Shares

काठमाडौं। पिएरजीका अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले आफ्नो पिएसजीसँगको सम्झौता सकिनासाथ आफू बार्सिलोना फर्किन चाहेको बताएका छन् । मेस्सीले आफू ला लिगा क्लव बार्सिलोनामा टेक्निकल डाइरेक्टरको भूमिकामा फर्किन चाहेको बताए । ३४ वर्षीय मेस्सीले यही समयमा बार्सिलोनासँगको आफ्नो २१ वर्षको सहयात्रामा बिराम लगाएका थिए । बार्सिलोनाले आर्थिक समस्याका कारण मेस्सीलाई अनुबन्ध नगरेपछि उनी २ वर्षको सम्झौतामा पिएसजी गएका थिए ।

६ पटकका बालोन डिओर विजेता मेस्सीले बार्सिलोनाका लागि ७७८ खेलमा ६७२ गोल गरेका छन् । उनले बार्सिलोनाबाट ३४ प्रमुख ट्रफीहरु जितेका छन् । स्पेनिस आउटलेट स्पोर्टसँगको कुराकानीमा २०२३ को समरपछि उनको बार्सिलोना फर्किने सोच छ भन्ने प्रश्नमा उनले भने ‘मलाई थाहा छैन मेरो पिएसजीसँगको सम्झौता सकिँदा त्यस्तो हुन्छ वा हुँदैन । अहिलेसम्म पक्का भएको कुरा के हो भने हामी बस्नको लागि बार्सिलोना फर्किन्छौं र हाम्रो जीवन त्यहीँ बित्नेछ ।’

मेस्सीका अनुसार उनी र उनकी पत्नी बाँकी जीवन बार्सिलोनामै बिताउन चाहन्छन् त्यसैले पिएसजीको सम्झौता सकिएपछि उनीहरु बस्नका लागि बार्सिलोनामै फर्किनेछन् । बार्सिलोना क्लवमा फर्किने विषयमा भने अहिले निश्चित छैन । तर, उनी क्लवलाई सहयोग गर्न चाहन्छन् र यसको लागि टेक्निकल डाइरेक्टर बनेर काम गर्न चाहन्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *