विश्वकपमा भारतको प्रार्थना ‘अफगानिस्तानले ‘जितोस् तर ठूलो अन्तरले नजितोस्’
काठमाडौं। टि–२० विश्वकपमा आज अफगानिस्तान र न्यूजिल्याण्डबीच खेल हुँदैछ । नेपाली समयअनुसार आज पौने ४ बजे सुरु हुने खेलमा पूरै भारत अफगानिस्तानको जितको लागि प्रार्थना गर्दैछ । किनकि आज अफगानिस्तानले जितेमा मात्र भारत सेमिफाइनल पुग्न सक्छ । तर, अफगानिस्तानको जितको प्रार्थना गर्दै गर्दा भारतले यो पनि चाहनेछ कि अफगानिस्तानले न्यूजिल्याण्डलाई ठूलो अन्तरले नजितोस् किनकि यस्तो भएमा नेट रनरेटका आधारमा अफगानिस्तान आफैं सेमिफाइनल पुग्नेछ र भारत बाहिरिनेछ ।
न्यूजिल्याण्डसँग अहिले ६ अंक छ । यस्तोमा उसले अफगानिस्तानलाई जितेमा ८ अंकसहित सिधै सेमिफाइनल पुग्नेछ । तर, यो खेल अफगानिस्तानले जितेमा न्यूजिल्याण्ड र अफगानिस्तानको समान ६–६ अंक हुनेछ । र, भोलि भारतले कमजोर नामिबियासँग खेल्दैछ जुन खेल जितेर उसले पनि ६ अंक बनाउन सक्छ । यी तीन टिममध्ये भारतको नेट रनरेट सबैभन्दा बढी छ जसका आधारमा भारत सेमिफाइनल पुग्न सक्छ ।
यद्यपि आज अफगानिस्तानले न्यूजिल्याण्डलाई जित्ला र सेमिफाइनल पुग्न सकौंला भन्ने कुरा भारतको लागि आशा मात्र हुने सम्भावना उच्च छ किनकि न्यूजिल्याण्ड तुलनात्मक रुपमा बलियो टिम हो । यसअघि भारतले अफगानिस्तानलाई ठूलो अन्तरले हराएको छ तर न्यूजिल्याण्डले भारतलाई नै हराइदिएको छ । यस्तोमा न्यूजिल्याण्ड भारतभन्दा पनि बलियो देखिन्छ जुन आधारमा आजको खेल अफगानिस्तानले जितेमा त्यसलाई भारतको पक्षमा भएको चमत्कार मान्न सकिनेछ ।







डिसी नेपाल







Facebook Comment