लिभरपुलको पहिलो हार, वेस्ट ह्याम तेस्रो स्थानमा

डिसी नेपाल
२२ कार्तिक २०७८ ७:५२
124
Shares

काठमाडौं। इंग्लिस प्रिमियर लिगमा घरेलु टोली वेस्ट ह्याम युनाइटेडले लिभरपुललाई पराजित गरेको छ। आइतबार राति भएको खेलमा वेस्ट ह्यामले लिभरपुललाई ३-२ गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको यो सिजनको पहिलो हार हो।

वेस्ट ह्यामको जितमा पाब्लो फोर्नाल्स र जौमाले एक एक गोल गर्दा लिभरपुलका गोलरक्षक एलिसनले आत्माघाती गोल गरे ।

लिभरपुलको लागि ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड र डिभोक ओरिगीले गोल गरे। जितसँगै वेस्ट ह्याम ११ खेलमा ७ जित, २ बराबर र २ हारसहित २३ अंक जोडेर तेस्रो स्थानमा छ । पराजित लिभरपुल ६ जित, ४ बराबरी र १ हार सहित २२ अंक बनाएर चौथो स्थानमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *