‘रावलपिंडी एक्सप्रेस’लाई राजीनामा दिनु भारी पर्यो, १०० मिलियनको मानहानी नोटिस
काठमाडौं। पाकिस्तानका पूर्व तीब्रगतिका बलर शोएब अख्तर पछिल्लो समय चर्चामा छन् । ‘रावलपिंडी एक्सप्रेस’ भनेर चिनिने यी स्टार क्रिकेटरले केही दिनअघि पाकिस्तानको सरकारी टिभी च्यानल पिटिभी स्पोर्टसमा एंकर नौमान नियाजीसँग विवाद भएपछि लाइभ टिभी शोमा राजीनामाको घोषणा गरेका थिए । अहिले पाकिस्तान टेलिभिजन कर्पोरेसन (पिटिभीसी)ले यी स्टार बलरलाई १०० मिलियन रुपैयाँ बराबरको मानहानी नोटिस पठाएको छ ।
मानहानी नोटिसमा पिटिभीसीले शोएब अख्तरलाई उनको तीन महिनाको पारिश्रमिक बराबर ३३ लाख ३३ हजार रुपैयाँको राशीका साथमा १०० मिलियन रुपैयाँ भुक्तानी गर्न भनेको छ । अन्यथा पिटिभी समक्ष क्षेत्राधिकार अदालतमा अख्तर विरुद्ध कानुनी कारवाही सुरु गर्ने आफ्नो अधिकार सुरक्षित राखिएको छ ।
नोटिसमा भनिएको छ ‘क्लज २२ अनुसार दुवै पक्षसँग ३ महिनाको लिखित नोटिस वा त्यसको बदलामा भुक्तानी गरेर आफ्नो सम्झौता समाप्त गर्ने अधिकार हुनेछ । जबकि शोएब अख्तरले २६ अक्टोबरमा अनएयर राजीनामा दिए जसको परिणामस्वरुप पिटिभीलाई भारी वित्तिय नोक्सानी भएको छ ।’
नोटिसमा अगाडि भनिएको छ ‘शोएब अख्तरले पिटिभी प्रबन्धनलाई सूचना नदिइ टि–२० विश्वकप प्रसारणकै क्रममा दुबइ छोडेका थिए । यसका अलावा भारतीय क्रिकेटर हरभजन सिंहसँग एक भारतीय च्यानलको टिभी शोमा उपस्थितिले पनि पिटिभीलाई धेरै नोक्सान पुर्याएको छ ।’
Utterly Disappointed. After miserably failing to safeguard my respect & repute while i was working for PTV, they have now sent me a Recovery Notice. I am a fighter & will not give up & fight this legal battle. My lawyer @SalmanKNiazi1 will take this forward according to law.
— Shoaib Akhtar (@shoaib100mph) November 7, 2021
अख्तरले यो नोटिसका विषयमा ट्वीटरमा लेखेका छन् ‘म एकदमै निराश छु । जब म पिटिभीको लागि काम गरिरहेको थिएँ त्यतिबेला मेरो सम्मान र प्रतिष्ठाको रक्षा गर्न पूर्ण रुपमा विफल रहेपछि उनीहरुले मलाई एक रिकभरी नोटिस पठाएका छन् । म एक योद्धा हुँ र हार मन्दिन र यो कानुनी लडाइको सामना गर्छु । मेरा वकिल अबुजार सलमान खान नियाजीले कानुनअनुसार यसलाई अगाडि बढाउनेछन् ।’
विवाद त्यतिबेला सुरु भएको थियो जब शोका होस्ट नियाजीले शोएब अख्तरसँग के पाकिस्तानले न्यूजिल्याण्डविरुद्ध लक्ष्य पिछा गर्ने क्रममा गडबडी गरेको हो भनेर सोधेका थिए । अख्तर यससँग सहमत थिएनन् र उनले शोका होस्टको लाइनलाई बेवास्ता गर्दै फास्ट बलरहरु ह्यारिस रउफ र शाहीन आफ्रिदीको बारेमा कुरा गर्न थाले ।
यही बीच नौमान नियाजीले शोएब अख्तरसँग भने ‘तपाइँ केही असभ्य हुनुभएको छ र म यो भन्न चाहन्न । तर, यदि तपाइँ ओभर स्मार्ट बनिरहनुभएको छ भने तपाइँ जान सक्नुहुन्छ ।’ यसपछि शोएब अख्तरले लाइभ टिभी शोमा राजीनामाको घोषणा गरेका थिए । केही दिनअघि नौमान नियाजीले यो विवादमा शोएब अख्तरसँग माफी मागेका थिए ।







डिसी नेपाल







Facebook Comment