टि–२० क्रिकेटमा बलरले पूरै ४ ओभरमा एक रन पनि नदिएको दुर्लभ विश्वरेकर्ड बन्यो

डिसी नेपाल
२४ कार्तिक २०७८ ११:३३
15.8k
Shares

काठमाडौं। टि–२० क्रिकेटमा एक जना बलरले पूरै ४ ओभर बलिङ गरेर एक रन पनि नदिएको दुर्लभ विश्वरेकर्ड बनेको छ । अहिलेसम्म टि–२० क्रिकेटमा कुनै पनि बलरले एक रन पनि नदिइ पूरै ४ ओभर मेडन बलिङ गरेको इतिहासमा कहिल्यै थिएन । भारतको सैयद मुश्ताक अली ट्राफीमा विदर्भ र मणिपुरबीचको खेलमा यो दुर्लभ विश्वरेकर्ड बनेको हो ।

विदर्भका स्पिनर अक्षय कर्णेवारले यो दुर्लभ विश्वरेकर्ड बनाउका हुन् । मणिपुरविरुद्धको खेलमा उनले आफ्नो कोटाका सबै ४ ओभर मेडन बलिङ गरे । यस क्रममा उनले एक रन पनि खर्च नगरी २ विकेट लिए । दुवै हातले बलिङ गर्ने अक्षय टि–२० क्रिकेटमा यो उपलब्धी हासिल गर्ने विश्वकै एकमात्र खेलाडी बनेका छन् ।

अहिलेसम्म अन्तर्राष्ट्रिय, फ्रेन्चाइजी र घरेलु कुनै पनि किसिमको टि–२० खेलमा कुनै पनि बलरले सबै ४ ओभर मेडन बलिङ गरेका थिएनन् । यो खेल सोमबार आन्ध्र प्रदेशको मंगलागिरीमा खेलिएको थियो । यो खेलमा विदर्भले पहिले ब्याटिङ गरेर २० ओभरमा २२२ रनको विशाल स्कोर खडा गरेको थियो । जवाफी ब्याटिङमा आएको मणिपुर ५५ रनको स्कोरमा १६.३ ओभरमा अलआउट भयो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *