न्युजिल्यान्ड पहिलो पटक टी-२० विश्वकपकाे फाइनलमा, इंग्ल्यान्ड पराजित

डिसी नेपाल
२५ कार्तिक २०७८ ६:४८
368
Shares

काठमाडौं। इंग्ल्यान्डलाई हराउदै न्युजिल्यान्ड पहिलो पटक आईसीसी टी-२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको आईसीसी विश्वकपको पहिलो सेमिफाइनलमा इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै न्युजिल्यान्ड पहिलो पटक फाइनलमा पुगेको हो।

जितका लागि १६७ रनको लक्ष्य पाएको न्युजिल्यान्डले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍याे । न्युजिल्यान्डका ओपनर डर्याल मिचेल सर्बाधिक ७२ रनमा अविजित रहे । इंग्ल्यान्डका लियाम लिभिङस्टोन र क्रिस वोक्सले २-२ विकेट लिए ।

यसअघि आबूधाबीमा टस हारेर ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६६ रन बनाएको थियो ।

इंग्ल्यान्डका मोईन अलीले सर्वाधिक ५१ रनमा अविजित रहे । न्युजिल्यान्डका ईश सोधी, एडम मिल्ने, टिम साउथी र जेम्श निसमले समान १ विकेट लिए ।

दोस्रो सेमिफाइनलमा बिहीबार अष्ट्रेलिया र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । जसको विजेताले न्युजिल्यान्डसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *