सेमिफाइनल अगाडि पाकिस्तानलाई ठूलो धक्का, रिजवान र मलिक बिरामी, कोरोना टेस्ट गरियो
काठमाडौं। उत्कृष्ट फर्मका रहेको पाकिस्तान र अस्ट्रेलियाबीच टि–२० विश्वकपको फाइनल बिहीबार बेलुकी नेपाली समयअनुसार पौने ८ बजे हुँदेछ । आजको सेमिफाइनल जित्ने टिमले आइतबार उपाधिको लागि न्यूजिल्याण्डसँग खेल्नेछ । यही बीच फाइनलभन्दा ठिक अगाडि पाकिस्तानको टिमलाई ठूलो धक्का लागेको छ । पाकिस्तानका ओपनर तथा विकेटकिपर मोहम्मद रिजवान र अनुभवी ब्याटर शोएब मलिक बिरामी भएका छन् ।
क्रिकेट वेबसाइट इएसपिएनक्रिकइन्फोका अनुसार उनीहरुले बिरामी भएपछि बुधबारको प्रशिक्षणमा पनि भाग लिएनन् । दुवैको कोभिड १९ परीक्षण गरिएको थियो र रिपोर्ट नेगेटिभ आएको छ । उनहिरुलाई मध्यम खालको फ्लुको लक्षण देखिएको समाचारमा जनाइएको छ । उनीहरु बुधबार बिहान उठ्दा नै हल्का फ्लु र हल्का ज्वरो भएको बताइएको छ ।
यी दुई खेलाडी पाकिस्तानको सेमिफाइनलसम्मको यात्रामा निकै महत्वपूर्ण भूमिका निभाएका खेलाडी हुन् र अगाडिको खेलमा पनि उनीहरुबाट ठूलो अपेक्षा गरिएको छ । पाकिस्तानी टिम यी खेलाडीलाई लिएर धेरै चिन्तित छैन तर यदि यी दुई खेलाडी आजको सेमिफाइनल नखेल्ने भएमा रिजवानको ठाउँमा विकेटकिपरको रुपमा सरफराज अहमद आउने सम्भावना उच्च छ । मलिकको ठाउँमा हैदर अली आउनेछन् । यस्तो भएमा फखर जमाँले कप्तान बाबर आजमसँग ओपनिङ गर्नेछन् ।







डिसी नेपाल







Facebook Comment