उपमेयर कपमा आज सेमिफाइनल खेल

डिसी नेपाल
२६ कार्तिक २०७८ ९:३२
72
Shares

काठमाडौं । मेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबलमा आज शुक्रबार सेमिफाइनलका खेल आयोजना हुँदैछन्।

दिनको पहिलो सेमिफाइनल खेलमा १२ बजे झापाको कनकाई नगरपालिका र ललितपुर महानगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ।

अन्तिम आठको खेलमा कनकाईले गोदावरी नगरपालिकालाई ३-० गोल अन्तरले पराजित गर्दा ललितपुरले शिवसताक्षी धाम नगरपालिकामाथि जित निकालेको थियो।

दोस्रो सेमिफाइनलमा दिउँसो ३ बजे गौरीगंगा नगरपालिका र धनगढी उप महानगरपालिकाबीच फाइनल प्रवेशका लागि भिडन्त हुनेछ।

विजेताले आइतबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । ३१ टोली सहभागी प्रतियोगिताको विजेताले ५ लाख पाउँनेछ भने उपविजेताले २ लाख ५० हजार पाउनेछन्।

यस्तै फाइनल खेल्ने दुई टोली राष्ट्रिय महिला लिगमा छनोट हुनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *