ब्राजिल दक्षिण अमेरिकाबाट विश्वकपमा छनोट हुने पहिलो टिम

डिसी नेपाल
२६ कार्तिक २०७८ १०:३१
2.5k
Shares

काठमाडौं। फुटबलको महारथी ब्राजिल सन् २०२२ मा कतारमा हुने विश्वकपमा छनोट भएको छ, गएराती भएको विश्वकप फुटबल अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले कोलम्बियालाई १–० ले हराएको छ । ब्राजिलको तर्फबाट निर्णायक गोल लुकास पक्केटाले ७२ औँ मिनेटमा गरेका थिए।
छनोट प्रतियोगितामा १२ खेल खेलेको ब्राजिल अपराजित यात्रा कायम राख्दै विश्वकपमा छनोट भएको हो । ब्राजिलले ११ खेलमा जित र एक खेल बराबरी खेलेको थियो। यसरी ब्राजिल दक्षिण अमेरिकाबाट विश्वकपमा छनोट हुने पहिलो देश पनि बनेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *