पाकिस्तानी कप्तानले ८ वर्षका ‘भविष्यका कप्तान’लाई लेखेको पत्रले सबैको मन छोयो

डिसी नेपाल
२८ कार्तिक २०७८ १५:२१

काठमाडौं। टि–२० विश्वकपमा पाकिस्तानले एउटा खेल पनि नहारी सेमिफाइनलसम्मको यात्रा तय गर्यो । तर, सेमिफाइनलमा पाकिस्तान अस्ट्रेलियासँग पराजित भएपछि बाहिरिएको छ । आज फाइनलमा अस्ट्रेलिया र न्यूजिल्याण्ड उपाधिका लागि भिड्दैछन् ।

सेमिफाइनलमा पाकिस्तान हारेपछि ८ वर्षका फ्यानले पाकिस्तानी कप्तान बाबर आजमलाई लेखेको पत्र भाइरल भइरहेको छ । मोहम्मद हारुन सुरिया नामका यी बालकले बाबर आजमलाई लेखेको पत्रमा आफ्ना भावना व्यक्त गरेका छन् । साथमा यी बालकले आफ्नो चाहना भविष्यमा पाकिस्तानको कप्तान पनि बन्ने रहेको बताएका छन् ।

हारुन सुरियाले पत्रमा लेखेका थिए ‘प्रिय पाकिस्तान टिम, म निकै गर्व महसुस गरिरहेको छु । तपाइँहरु राम्रो खेल्नुभयो, सबैले राम्रो ब्याटिङ र बलिङ गर्नुभयो । सेमिफाइनलको मध्यमा म केही नर्भर थिएँ र अन्त्यमा डराएको थिएँ । भविष्यमा म कप्तान बन्नेछु र यो सुनिश्चित गर्नेछु कि तपाइाको पूरै टिमलाई आमन्त्रित गरिनेछ । हामी फाइनल खेल्नेछौं र जित्नेछौं ।’ हारुनले अगाडि कप्तान बाबर आजमसँग एउटा कागजमा पाकिस्तानको पूरै टिमले हस्ताक्षर गरेर आफ्नो घरमा पठाइदिन आग्रह गरेका थिए ।

पाकिस्तानी कप्तान बाबर आजमले ट्वीटरमार्फत बालकको पत्रको जवाफ दिएका छन् । उनले लेखेका छन् ‘प्रिय मोहम्मद हारुन सुरिया, सलाम । हाम्रो लागि यसरी पत्र लेखेकोमा धन्यवाद च्याम्पियन । मलाई तपाइँमाथि पूरा विश्वास छ कि तपाइँ आफ्नो एकाग्रता, विश्वास र कडा परिश्रमले जेसुकै पनि हासिल गर्न सक्नुहुन्छ । तपाइँले अटोग्राफ पाउनुहुनेछ । तर, म आफैं तपाइँको अटोग्राफ पाउनका लागि प्रतिक्षा गर्न सक्दिन भविष्यका कप्तान ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *