पोर्चुगललाई स्तब्ध बनाउँदै सर्बिया फिफा विश्वकपमा छनोट

डिसी नेपाल
२९ कार्तिक २०७८ ७:४७
10.4k
Shares

काठमाडौं। पोर्चुगललाई पराजित गर्दै सर्बिया सन् २०२२ कतारमा आयोजना हुने फिफा विश्वकपमा स्थान पक्का गरेको छ। आइतबार कतार विश्वकप अन्तर्गत युरोपियन छनोटमा पोर्चुगललाई २-१ गोलले हराउँदै सर्बियाले विश्वकपमा स्थान पक्का गरेको हो।

पोर्चुगलको घरेलु मैदानमा रेनेटो सान्चेसले सुरुआती गोल गरेपनी सर्बियाले खेलमा पुनरागमन गरेको हो। खेलको ३३औँ मिनेटमा डुसान टाडिकले गोल गरे भने खेलको ९०औँ मिनेटमा एलेक्सजेण्डर मिट्रोभिकले गोल गर्दै सर्बियालाई २-१ को रोमान्चक जित दिलाए।

जितसँगै समूह ‘ए’को सर्बियाले ८ खेलमा २० अंक जोड्दै शीर्ष स्थानमा रहदै विश्वकपमा छनोट भएको हो। पोर्चुगल १७ अंक जोडेर समूहको दोस्रो स्थानमा छ। अब पोर्चुगलले विश्वकप छनोटका लागि प्ले अफ खेल खेल्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *