नेपालले आज कतारसंग पहिलो सिरिज खेल्दै

डिसी नेपाल
३० कार्तिक २०७८ ११:०५

काठमाडौं। आईसीसी महिला टी–ट्वान्टी विश्वकपको एसियाली छनोटको तयारी अन्तर्गतको खेलमा आज नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतार संग पहिलो सिरिज खेल्दै छ।नेपालले कतारसँग तीन खेलको टी–ट्वान्टी सिरिज खेल्न लागेको हो । नेपालले कतारको दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा घरेलु टोलीको सामना गर्नेछ। उक्त खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजेबाट सुरु हुनेछ । सिरिज अन्तर्गत नेपालले कतारसँग मंसिर १ मा दोस्रो र मंसिर २ गते तेस्रो खेल खेल्ने तय भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *