आइसीसी बरियतामा पनि भारतको बेइज्जत, कुनै पनि वर्गमा शीर्ष ५ मा भारतीय छैनन्

डिसी नेपाल
१ मंसिर २०७८ १६:५९

काठमाडौं। टि–२० विश्वकपमा लज्जास्पद प्रदर्शन गरेको भारतीय टिम घर फर्किइसकेको छ । भारत आज न्यूजिल्याण्डसँग टि–२० सिरिजको पहिलो खेल खेल्दैछ । यही बीचमा आइसीसीले टि–२० बरियता सार्वजनिक गरेको छ ।

बरियतामा एक पटक फेरि भारतको बेइज्जत भएको छ । टि–२० मा ब्याटिङ, बलिङ वा अलराउण्डर कुनै पनि वर्गमा शीर्ष ५ मा भारतीइ खेलाडी छैनन् । यसअघि आइसीसीको विश्वकपको सर्वोत्कृष्ट टिममा एउटा पनि भारतीय खेलाडी परेका थिएनन् ।

ब्याटिङतर्फ पाकिस्तानी कप्तान बाबर आजम शीर्ष स्थानमा कायमै छन् । दोस्रो स्थानमा इङल्याण्डका डेविड मलान, तेस्रोमा दक्षिण अफ्रिकाका एडेन मार्करम, चौथोमा न्यूजिल्याण्डका डेभोन कन्वे र पाँचौं स्थानमा पाकिस्तानका मोहम्मद रिजवान छन् ।

बलिङतर्फ श्रीलंकाका वानिन्दु हसरंगा शीर्ष स्थानमा छन् । हसरंगाले विश्वकपमा सर्वाधिक विकेट लिएका थिए । यसैगरी दोस्रो स्थानमा दक्षिण अफ्रिकाका तबरेज शम्सी, तेस्रोमा अस्ट्रेलियाका एडम जाम्पा, चौथोमा इङल्याण्डका आदिल रशीद र पाँचौंमा अफगानिस्तानका राशिद खान छन् ।

अल राउण्डरतर्फ अफगानिस्तानका कप्तान मोहम्मद नाबीले शीर्ष स्थान कब्जा गरेका छन् । दोस्रोमा बंगलादेशका शाकिब अल हसन, तेस्रोमा इङल्याण्डका लियाम लिभिङस्टोन, चौथोमा अस्ट्रेलियाका ग्लेन म्याक्सवेल र पाँचौंमा श्रीलंकाका वानिन्दु हसरंगा छन् ।हसरंगा बलिङ र अलराउण्डर दुवैतर्फ बीर्ष ५ मा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *