‘आज श्रीमतीको जन्मदिन हो, क्याच छोडिदिएकोमा धन्यवाद’
काठमाडौं। न्यूजिल्याण्डविरुद्धको टि–२० सिरिजको पहिलो खेल भारतले जितेको छ । यो जितमा म्यान अफ द म्याच सूर्यकुमार यादव भए । तेस्रो क्रममा ब्याटिङ गर्न आएका यादवले ४० बल खेलेर ६२ रन बनाए । यस क्रममा उनले ३ छक्का र ६ चौका हाने ।
भारतको इनिङको १६ औं ओभरमा सूर्यकुमार यादवको क्याच पनि छुट्यो । न्यूजिल्याण्डका ट्रेन्ट बोल्टले फाइन लेगमा क्याच छोडेपछि बल बाउन्ड्री बाहिर गयो । खेलपछि सूर्यकुमारले ट्रेन्ट बोल्टलाई धन्यवाद दिए । उनले भने ‘हाज मेरी श्रीमतीको जन्मदिन हो, क्याच छोडिदिएकोमा धन्यवाद ।’
प्रतिक्रिया
Facebook Comment