ए डिभिजन लिग : संकटा र शेर्पा तथा थ्री स्टार र च्यासल भिड्दै
काठमाडौं। सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शनिबार दुई खेल हुँदैछ । दिउँसो १ बजे सुरु हुने पहिलो खेलमा संकटा क्लब र हिमालयन शेर्पा क्लब आमनेसामने हुनेछन्।
शेर्पा विश्वास श्रेष्ठको कप्तानीमा हुनेछ भने संकटा रवी सिलवालको कप्तानीमा मैदान उत्रनेछ । दुबै टोली पहिलो खेलमा सुखद सुरुआत गर्ने दाउमा हुनेछन् । दुबै टोलीले चार विदेशी खेलाडी मैदानमा उतार्ने छन्।
दोस्रो खेलमा थ्री स्टार क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। खेल साँझ पौने ५ बजे सुरु हुनेछ। थ्री स्टारका प्रशिक्षक उज्जन श्रेष्ठले लक्ष्य लिग च्याम्पियन हुने भएकाले पहिलो खेलबाटै आक्रमक फुटबल खेल्ने बताएका छन् । थ्री स्टारका विक्रम लामाको कप्तानीमा मैदान उत्रदा च्यासल विराज महर्जनको कप्तानीमा मैदान प्रवेश गर्नेछ । च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले टोली सन्तुलित बनेकाले लिगमा उत्कृष्ट नतिजा ल्याउने बताए।
शुक्रबार भएको उद्घाटन खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबले फ्रेण्ड्ससँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो।
Facebook Comment